Why do adolescents have lot of sexual curiosities?

किशोरावस्था भनेको जिज्ञासु अवस्था हो । बाल्यावस्थाबाट युवावस्था तिरको संक्रमणको समय पनि हो । जिज्ञासालाई अनुभव गर्ने कौतुहलता यो उमेरमा अरु उमेरमा भन्दा अलि बढि नै हुन्छ । परिणामको लागि अलि हतार गर्ने स्वभाव पनि धेरै नै हुन्छ । त्यसैले यो उमेर बढी जोखिमको पनि हुन्छ भनिउको हो । यो अवस्थामा सबैले संसारमा भएका सम्बन्ध र बस्तुहरूको बारेमा किन हो ? वा किन हैन ? भन्ने प्रश्न गरिरहेका हुन्छन् । अनि, हाम्रो समाजले यौनलाई गलत, फोहर, अश्लिल र असभ्य भन्दै आएको छ एकातिर भने अर्को तिर व्यवहारमा भने लुकीछिपी समाजका अगुवाहरुले नै आफैं पालना गर्न पर्छ भनि बताएका वा गर्न हुन्न भनी बर्जित गरिएका यौन क्रियाकलापहरु गरिरहेको पनि जानाकारी पाइरहेका हुन्छन् । यी कारणले यौनसँग सम्वन्धित जिज्ञासा वा जानकारीहरू पूर्ण र जीवनोपयोगी रूपमा प्रचारप्रसार हुन सकिरहेको छैन । केहि भएका शिक्षा मूलक सूचनाहरुमा अधिकांश किशोरकिशोरीहरुका पहुँच पनि छैन ।

किशोरकिशोकिशोरीका मनमा विभिन्न किसिमका तनावहरु वा चाहनाहरू उत्पन्न भइरहेका हुन्छन् । त्यसमा पनि जुन कुरामा समाज वा परिवारले निषेध गरेको हुन्छ र त्यो किन निषेध गरिएको भन्नेबारेमा जानाकारी पनि हुँदैन, त्यसप्रति उनीहरूको ध्यान अझ बढी केन्द्रित हुनु स्वभाविक हो । किनकि विशेषताका देष्टिकोणले त्यो उमेर नै त्यस्तै हो । त्यहि अवस्थाबाट यौनका सम्बन्धमा पनि आवश्यकताको आधारमा शिक्षा कै लागि भएपनि समाजमा खुलेर कुरा गर्न पूर्ण निषेधित भएकाले नै त्यसप्रति उनीहरूको सधैं चासो बढीरहेको हुन्छ । जिज्ञासाका समाधानको विकल्पहरू भेटिएनन् भने वा उपयुक्त सूचना प्राप्त गर्न पाएनन् भने उनिहरुमा यौनको चासो अझै बढ्दै जान्छ । हाम्रो समाजमा हालसम्म प्राप्त गर्ने यौन सम्बन्धी जानाकारी वा स्रोत समाग्रीका माध्यमहरु यौनोत्तेजना गराउँने किसिमका चाहिं धेरै भेटिन्छन र लुकिछिपी गरिने यौन सम्बन्धी सञ्चार पनि अधिकांश अमर्यादित, असुरक्षित र भ्रमपूर्ण किसिमका हुने भएकाले किशोरकिशोरीहरुले पनि त्यहिबाट जानाकारी लिन्छन । उनीहरूको यौन सम्पर्क तिर आशक्ति बढ्दै जान्छ । विस्तारै सबै ध्यान त्यतै तिर केन्द्रित हुनेगर्दछ ।
काशोरावस्थामा नै यौनाङ्ग तथा प्रजननअङ्गको विकास छिटोछिटो हुन थाल्दछ । पहिलो कुरा त आफ्नो विकास हुँदै गरेको यौनाङ्ग प्रति आफैलाई कहिले असजिलो भइरहेको हुन्छ र कहिले उपयोगिताको जिज्ञासा बढीरहेको हुन्छ । यौनाङ्गको विकास सँगै यौनाङ्गमा र कपाल उम्रने, केटाहरको  दाह्री जुङ्गा आउँने स्वर परिवर्तन हुने र छिटो छिटा बढ्ने पनि किशोरावस्थामा नै हुन्छ । किशोरावस्था मा नै यौनसम्बद्ध हर्मन (रागरस) हरूको उत्पादन पनि हुने भएका कारण विपरित लिङ्गीप्रति वा समलिङ्गीप्रति नै आकर्षण बढ्न जान्छ । नजिकिने, माया गर्न र जिस्कन, छिल्लिन मन लाग्नुका साथै आफ्नो र असाध्यै मिल्ने साथी भए अर्काको पनि यौनाङ्ग चलाउन मन लाग्छ । यस्तो समयमा सही किसिमको जीवनोपयोगी सीपमूलक शिक्षा वा सूचना पाएनन भने यौनसम्पर्क गर्न पनि मन लाग्दा जोखिम पूर्ण योनसम्पर्क पनि गर्न सक्दछन् ।
किशोरावस्थामा यौन चाहना आउँनु वा आशक्ति बढ्नु अस्वाभाविक होइन । आजका युवा, बयस्क र बृद्धिहरु सबैले भोगेर नै आएको अनुभव हो, तर उनिहरुमा ज्ञान र जीवनोपयोगी सीपको अभावले गर्दा सानो उमेरमा हुने यौनसम्पर्कले गर्दा विभिन्न नकरात्मक असरहरु गर्दछ । जीवन भरीका लागि स्वास्थ्यमा गम्भिर अवसर पर्दछ । यौनसम्पर्कका बैकल्पिक उपायहरुका बारेमा उनिहरुले सही जानाकारी पाए भने पनि जोखिम किसिमको यौन व्यवहार अपनेको संख्या उल्ल्ेख्य संख्यामा घटाउँन सकिन्छ । अदाहरणको लागि हस्तमैथुन सबै भन्दा उपयुक्त सुरक्षित यौन व्यवहार हो । समाजमा हस्तमैथुन प्रति अतयान्त नकारात्मक धारणा छ, त्यसैले हस्तमैथुन गर्न डराउादछन तर पनि अधिकांश किशोरहरुले मात्र हैन, युवा र वयस्क देखि बृद्धहरले पनि गरेका हुनछन् । हस्तमैथुनले मानिसको स्वास्थ्यमा कुनै पनि क्षति गर्दैन भन्ने कुरामा किशोरकिशोरीहरुले राम्रोसँग जानाकारी पाउँनु पर्दछ । हस्त मैथुत किशोरीहरुले पनि गर्न सक्दछन तर हाम्रो समाजमा अधिकांश किशोरीहरुलाई त्यसको बरेमा जानाकारी छैन । योनीको मुखको माथिल्लो भागको टुप्पोमा औलाले विस्तारै चलाउँदा आनन्द आउँछ । महिलाले गर्ने हस्त मैथुन भनेको त्यहि हो ।

Why do adolescents have lot of sexual curiosities?

Adolescence is the period that makes adolescents curious. Adolescence is the transitional period between childhood and youth. In this period, adolescents love to experience and translate their knowledge and curiosities into practice. Adolescents eagerly wait for results for anything that they do. Thus, adolescents’ life is risky. They keep on searching for reasons for anything that they see, feel or hear.
Our Nepalese society and tradition considers sexuality and its related issues as a taboo. On one hand, people of the society believe it to be vulgar but on the other hand, they themselves get involved with such activities in backstreets. Because of this, curiosities regarding sexuality are remaining unanswered because of the lack of sex education.
Since various happenings come before adolescents as newer experiences, they tend to think about it continuously. Adolescents even do not have proper information regarding anything that is discouraged by a society. They lack information regarding the reason of such discouragements. So, it is obvious that an individual will continuously concentrate on such unclear issues. Since issues related to sexuality are still surrounded by restrictions, it is obvious to have curiosities about sexuality among adolescents. If adolescents do not get easily assessable information about such curiosities then their level of curiosity can increase more and more.
Adolescents have easy accessibility to vulgar contents that promotes sexual arousal. Since such contents can be reached though easy accessibility, adolescents get negative information. Gradually, adolescents start to become more centralized towards such contents. At the same time, adolescents do not get proper information due to the lack of mediums that disseminates proper information.
With the onset of adolescence, a boy or a girl experience quick puberty growth. The growth of their reproductive organs along with its size and pubic hairs make them uncomfortable than before. At the same time, they start to get attracted towards the opposite sex due to the hormonal changes. In such situation, adolescents, knowingly or unknowingly, get involved in unsafe sexual behavior; blame it to the lack of proper life skills based education. Due to the lack of such information, many people have experience negative consequences in their lives. If proper education is provided and if adolescents are educated regarding alternative methods to quench their desires and curiosities then such risks can be reduced and prevented.
For an instance, masturbation is regarded as one of the best sexual behavior and is effective to prevent sexual risks. Our Nepalese society has considered masturbation as a bad habit but scientifically, masturbation does not give negative health consequences but is a safe sexual behavior indeed.
Adolescents should be made to understand that masturbation does not give harmful effects in their lives. Majority of girls in our society do not know that masturbation, the way of stimulating clitoris of a vagina with the help of fingers, is the safe sexual behavior.

Post a Comment

Post a Comment (0)

Previous Post Next Post