What is premature ejaculation?

घटना १ – रघुले आफ्नी प्रेमिका जुनुसँग विबाह गरे । विबाहको दोस्रो दिन चाहिँ उनीहरुले यौनसम्पर्क गरे । तर यौन सम्पर्क गर्ने ठिक्क तयारी हालतमा नै उनको वीर्य स्खलन भएर तन्नामा पोखियो । त्यसले उनलाई निकै खल्लो भयो । त्यस रात फेरी यौनसम्पर्क गर्ने आँट गरेनन् । भोलीपल्टको कोशिसमा भने योनीमा लिङ्गले छुने वित्तक्कै सबै स्खलित भए । दिक्क मानेर सुते । त्यसै रात फेरी यौनसम्पर्क गरे तर त्यस्तो भएन । सन्तुष्टीकासाथ दुबैजनाले यौन क्रिडा गरे । रघु र जनु यौन सफताका कारण प्रफुल्ल भए ।
घटना २ – यौनिकता शिक्षा शिक्षण तालिमका एक जना सहभागीले तालिम समय पछि मलाई खुसुक्क आफ्नो समस्या राखे । शिक्षकका अनुसार उहाँको दुई छोरा छोरी छन् । पाँच बर्षको दाम्पतय जीवनमा सधैं यौन सन्तुष्टि रह्यो तर विगत ६ महिना देखि भने उनको शिघ्र स्खलन हुन थाल्यो । उनलाई एकमहिना अगाडि दलेखि त उनलाई श्रीमतिले यौनसम्पर्क नै गर्न दिन छोड्नुभएको रहेछ ।
यो पनि एक किसिमको यौन दुर्वलता हो । यौनसम्पर्क गर्दा पुरुषमा गरेको एक मिनेट वा सो भन्दा अघि नै वीर्य स्खलन हुनुलाई शीघ्र स्खलन मानिन्छ । शीघ्र स्खलन विभिन्न कारणले गर्दा हुनसक्छ । प्रायजसो चिनि रोग, मृगौला सम्बन्धी रोग लगेका लामो समय देखि विभिन्न औषधी सेवन गरिराखेका र अन्य दिर्घकालीन रोग लागेका मानिसमा शीघ्र स्खलन हुने पाईएको छ । तर यस्तो कारण बाहेक शीघ्र स्खलनको मानसिक ९एकथअजययिनष्अब०ि कारणहरु हुन सक्दछन् जस्तै प्रथम पटकको यौन सम्पर्क, धेरै समयको अन्तरालमा भएको यौन सम्पर्क, नयाँ साथीसँगको यौन सम्पर्क, मानसिक तनावपुर्ण बातावरणमा भएको यौन सम्पर्क (जस्तैः अनुपयुक्त स्थान, समय) डर, लाजको बातावरणमा भएको यौन सम्पर्क आदि । यी कारणले गर्दा कसैलाई लिङ्ग नै उत्तेजित नहुन पनि सक्दछ ।
माथिका दुबै घटनामा मनोविज्ञानसँग सम्बन्धित छ । घटना पहिले पटक यौनसम्पर्क भएको कारणले शिघ्र स्खलन भएको र उसले दोस्रो पटक पूर्ण मानसिक तयारी गरेकाले शिघ्र स्खलन भएन । त्यस्तै घटना २ मा मानसिक तनाव भएको कारणले पछिल्लो अवस्थामा पनि शिघ्र स्खलन भएको हो । त्यसैले किशोरावस्थामा हुने शीघ्र स्खलन र लिङ्ग उत्तेजना नहुने समस्याबाट बच्न उपयुक्त बातावरणमा, तनाव मुक्त अवस्थामा, दुबै साथीको सहमतिमा यौन सम्पर्क राख्नु पर्दछ । यसको अलावा लिङ्ग नै उत्तेजना भएको छैन भने, रक्सी, चुरोट, खैनी, गाँजा जस्ता अन्य सुर्तीजन्य पदार्थको प्रयोग गरिएको छ भने त्यसलाई छोडेमा यो समस्या हट्नसक्छ । यदि यसपछि पनि यस्तो समस्या रह्यो भने चिकित्सकको सल्लाह अनुसार औषधी उपचार गर्न सकिन्छ । उपयुक्त उपचार तथा परामर्शका कारणले यौन दुर्वलता कम गर्न सकिन्छ । सिघ्र स्खलनबाट बच्ने अरु पनि उपायहरु छन् जस्तैः
१. यौन सम्पर्क गर्दा स्खलन हुनलागेको महशुस भएपछि एक छिन रोक्ने र लिङ्गको फेदमा आफ्नो यौन जोडिलाई दुई औंलाले च्याप्प समात्न लगाउँने र एक्कैछिन समाते पनि पूनः शुरु गर्ने, यो प्रक्रिया दोहो¥याइरहने ।
२. शिघ्रस्खलन हुनलागेको महशुस हुने वित्तिकै लिङ्ग योनीबाट बाहिर निकाल्ने र आफ्नै दुई औंलाले लिङ्गको फेदमा समात्ने र योनीको (भगांकुर) बाहिरी मुख भन्दा माथि तिर टुसोमा योनीको टुप्पाले हल्लाउँने । यसो गर्नु धेरै उपयुक्त हुन्छ किनकि यौनसम्पर्क रोकेको बेलामा पनि यौन जोडिले आनन्द प्राप्त गरिरहेकि हुनिछन् ।
३. यौनसम्पर्कको समयमा शिघ्र स्खलन होला भनेर सशंकित नहुने बरु आत्माबल बलियो बनाउँने ।
४. यौनसम्पर्क गर्दा बडी मच्चिनु (लिङ्गको घर्षण छिटो गर्नु) हुदैन । विस्तारै गर्नु पर्छ । त्यस्तो लागेका छिटो आसन परिवर्तन गर्नुपर्दछ ।
५. यदि यी उल्लेखित उपाय अपनाउँदा पनि शिघ्र स्खलन भयो भने पनि स्खलन हुने वित्तिक्के लिङ्गलाई योनी बाट बाहिर ननिकाल्ने बरु लिङ्ग उत्तेजित भइरहेसम्म निरन्तर यौनसम्पर्क गरिनै रहने । यसरी पनि केहि समय यौनसम्पर्क भइरहन सक्दछ र यौन जोडिले अलिकति भएपनि अलि आनन्द लिन सक्छ र यदि मानसिक रुपमा पुरुष पनि आत्माबल बढाउँन सक्छ भने दोस्रो पटको स्खलन नहोउन्जेलसम्म यौन सम्पर्क गर्न सक्दछ ।
शिघ्र स्खलन वा लिङ्ग उत्तेजनाको समस्याका कारण स्वस्थ्य उपचार गराउँन नै परेमा सम्बन्धित विशेषज्ञसँग मात्रै गर्नुपर्दछ । उनिहको सल्लाह बिना जथाभावी औषधिको प्रयोग गर्नुहुन्न । किनकि यो अतयान्त सम्बेदनशिल कुरा हो ।

What is premature ejaculation? 

Raghu (name changed) tied a nuptial knot with his long time girlfriend. On the second day of their marriage, they started sexual performance but Raghu ejaculated while cuddling and fondling. This made Raghu very upset. He did not attempt a second try.  On the third day, Raghu again ejaculated before he touched her vagina opening. He became upset and went to sleep. On the fourth day, they had a sexual intercourse and he did not ejaculated within few minutes but went nice. Both of them became on this day.
This is a kind of sexual disorder. If an individual expels semen soon after sexual activity, it is called premature ejaculation. Ejaculation that occurs with minimal penile stimulation is premature ejaculation. According to the International Society of Sexual Medicines, premature ejaculation is the ejaculation which always or nearly occurs prior to within about one minute. Premature ejaculation is also called rapid ejaculation, early ejaculation, rapid climax or premature climax.
There are various reasons that cause premature ejaculation. Especially, individual suffering from diabetes or kidney related disease often experience premature ejaculation. An individual experiences premature ejaculation if:
  • S/he is having a sexual intercourse for the first time
  • S/he is having sexual intercourse after a long period
  • S/he is having sexual intercourse with a new sex partner
  • S/he is having sexual intercourse in an unfriendly environment or time
Thus, to avoid premature ejaculation, one should have sexual activity in a peaceful environment. Besides this, if an individual experiences erectile dysfunction, he should quit their addictive habits if any. If they again experience premature ejaculation even after this, then one should consult with a doctor. There are also some ways to prevent premature ejaculation:
  • If a males is about to have premature ejaculation then he should take his penis out of the vagina and let his sexual partner to hold meatus-‘tip of a penis’. After holding it for a while, he can start it all again. Repeat the process number of times.
  • If a males is about to have premature ejaculation then he should take his penis out of the vagina and hold the shaft-‘lower portion of a penis’. He can also place the meatus on the vaginal opening or on clitoris while holding the shaft. This process helps him to prevent premature ejaculation and at the same time, give pleasure to his partner.
  • One should develop a feeling of confidence that she is not going to have a premature ejaculation.
  • One should not thrust his penis in the vagina too fast. To have more pleasure, one should keep on changing the sexual positions.
If these activities do not help in preventing premature ejaculation then visiting a specialized doctor is advisable. Recommendation for medicines from unauthorized or unspecialized individual should not be entertained because this is a very sensitive issue.

Post a Comment

Post a Comment (0)

Previous Post Next Post