स्तन बढ्दै गरेका किशोरीहरुलाई आफ्नो स्तनको बारेमा जिकै जिज्ञाशा हुन्छ । कतिपय किशोरीहरु त बढेदै गरेको स्तनको बारेमा पिरोल्लीरहेका हुन्छन् । किनकि अरुको पनि स्तन देखेर आफ्नो चाहिं कस्तो हुनेहोला भनेर । कतिपय त बढ्दै गरेको स्तन नदेखियोस भनेर भित्र स्तन नदेखिने गरि कपडाले जीउमा फेरो मारेर बाँधेका हुन्छन् । तर पनि बढ्दै गएपछि त देखिइहाल्छ । शारीरिक बृद्धिसँगै बढीहाल्छ जसरी प्रकृतिले तयार बनाएको छ, त्यहि आकार लिइहाल्छ । अनि आफ्नो जस्तो आकार बन्यो त्यसलाई स्वकार गर्ने किशोरीहरु अत्यान्तै कम पाइन्छन ।
आफ्नो स्तन कस्तो भइदिए हुन्थ्यो ? लाम्चो, बाटुलो दुई स्तन फट्टिको, अलिकति मात्र नजोडिएको, अलि सानो, ठूलो, इत्यादि कुराहरुमा सबैका अपेक्षा फरक फरक हुन्छ । हुन पनि कसैको धेरै लाम्चिलो, कसैको फराकिलो, कसैको सानो, हुन्छ । मुन्टो माथि फर्केको, दायाँबायाँ तिर फर्केको पनि हुन्छ भने कसैको टुप्पो सानो र कसैको ठूलो हुन्छ । आफ्नो स्तन सानो जस्तो महशुस गरेका महिलाहरुले अलि ठूलो देखिने किसिमका ब्रा लगाएर भए पनि ठूलो देखाएका हुन्छन । छातीको अलि माथि स्तन हुने लाई अलि तल भैदिए हुनथ्यो भन्ने कुरामा पिरोल्लिएका हुन्छन भने अलि तललिर भएकाहरु चाहिं अलि माथि तिर भइदिए हुनथ्यो भनेर पछुताइरहेका हुन्छन् । त्यसैले कसैले पनि चाहेको जस्तै भएको पाइदैन । त्यस्तै, कसैको पनि दुबै स्तन ठीक्क बराबरीको हुदैन ।
शारीरिक बनोटमा एक मानिसको भन्दा अर्को मानिसको फरक हुन्छ । त्यो फरक हुनु भनेको शरीरिका सबै अङ्गहरुको बनौट फरक भएकाले हो । नाक, कान गाला, च्यापु हात खुट्टा, कपाल आदिको बनौट फरक तरिकाले बनेको ले नै हो मानिस एक भन्दा आर्को फरक देखिएको । त्यसैगरी स्तन पनि फरक तरिकाले फरक आकारको बनेको हो । स्तनको मुख्य उद्देश्य बच्चालाई स्तनपान गराउनु हो, जस्को आकारसँग कुनै सम्बन्ध हुँदैन । अनि, महिलाको स्तन पुरुषको लागि बनेको पनि होइन ।
यौन आकर्षणको लागि स्तनको पनि कुरा आउँने गर्दछ तर ठिक्क यस्तै चाहिं स्तनले यौन आकर्षण हुन्छ भन्ने कुरामा सबैको एकै मत हुँदैन । जस्तो आकारको भएपनि स्तन चलाउँदा महिला पुरुष दुबैलाई यौन आनन्द आउँछ किनकि स्तान पनि यौन अङ्ग भित्र नै पर्दछ । त्यसैले स्तनको चासो पुरुषलाई पनि परेको हो तर त्यो पनि उमेर अनुसार फरक पर्दछ । अनि पुरुषले अपेक्षा गरेका स्तनको आकारमा पनि सबैको एक मत हुदैन ।
स्तानको आकारको चाहना मनोविज्ञान हो । सबै भन्दा राम्रो धारणा के हो भने सबै किसिमका स्तनहरु राम्रा हन् । आफ्नो जस्तो आकारको छ त्यसलाई सहर्ष स्वीकार्नु पर्दछ, त्यो बुद्धिमानी कुरा हुन्छ । स्तनको हेरचाह गर्नु राम्रो काम हो । सधै ब्रा फेरेर लगाउँने गर्नु पर्दछ । एक दुइ दिनमा स्तनलाई आफैंले तलबाट माथि, दायाँबाट बायाँ र बायाँबाट बायाँ तिर थिचेर मालिस गर्नुपर्दछ । त्यसले स्तन क्यान्सर हुनबाट बचाउँछ । स्तनपान गराउँने महिलालले स्तनको टुप्पोको सबै भाग बच्चाका मुख भित्र पुग्ने गरी खुवाउँनु पर्दछ । त्यसको लागि बच्चाको नाक र चिउँडोले स्तनलाई छोएको हुनुपर्दछ । धेरै मानिरमा धेरै स्तनपान गराउँदा स्तन विग्रन्छ भन्ने साध्यै गलत धारणा हुन्छ । तर जसले पूर्ण स्तनपान गराउँदैन उसको स्तनको आकार विग्रिने समभावना हुन्छ । पूर्ण स्स्तनमान भनेको एकपटक स्तनपान गराउँदा एकतिरको स्तरको दुध खुवाई सकेर मात्र अर्को खुवानुपर्दछ र बच्चाको कम्तिमा ३ बर्षको उमेर सम्म स्तनपान गराउँनु पर्दछ । यसो गर्दा दुध सुक्दैन र स्तनको आकार पनि विग्रन पाउँदैन । यौनिकता पनि कायम रहन मद्दत पुग्दछ । सबै किसिमका स्तनहरु सेक्सी नै हुन ।
What Kind of Breasts are Sexy?
Female adolescents have a lot of queries regarding their breast development and start to worry about their breast buds as they tend to become prominent with certain period of time. So, many of them try to cover their breasts buds by wearing thick clothes. Despite their attempts, the breasts buds are bound to be visible. An individual cannot control the development of breast because it occurs along with the growth of a human body. In this developing phase, many adolescents do not consider their breasts as ‘beautiful’.
Every individual have their personal choice regarding the size and shape of their breasts. Some female adolescents prefer to have sagging, whereas other loves to have small sized breasts. Similarly, some prefer to have pert ones and others do not. There are also preferences towards the spacing of the breasts along with the nature of nipples and areolas. Whilst few prefer to have pointed nipples other prefers to have ducked ones.
Anatomically, size, shape, position and spacing of breasts differs from person to person and is just like differing sizes of body height and other features. Due to such variations, girls and women wish to have breasts having different shape and sizes according to their individual preferences. Whilst shapes and sizes of breasts do differ, the ultimate objective of breasts is lactation and there is no relation between its shape, sizes and its function. Moreover, a breast is not made solely for pleasure.
Breasts do play a vital role in sexual attraction because this is one among all the sexual organs. There are no scientific clarifications that prove the relation between the shapes and sizes of breasts with pleasure. Since breast is also one of the sexual organs, stimulation of breasts is pleasurable for both male and females.
Psychology has to do a lot for an individual to prefer different sizes of breasts. Considering every shapes and sizes of breasts as ‘beautiful’ is wise. One has to accept their natural size of breast as ‘beautiful’.
Psychology has to do a lot for an individual to prefer different sizes of breasts. Considering every shapes and sizes of breasts as ‘beautiful’ is wise. One has to accept their natural size of breast as ‘beautiful’.
In spite of getting concerned regarding the shape and size of breast, one should concentrate more on taking care of their breasts and also towards breast feeding because this is the beauty of breasts. Changing the brassiere every day and self massaging the breasts on a daily basis to prevent breast cancer and maintain breast hygiene. For effective breast feeding, a mother should feed her child with her nipples completely inside her child’s mouth. For this, the nose and chin of the child should touch the feeding breast.
Many people have a misconception that breast feeding for a longer time increases the changes of breast cancer and this is wrong. Actually, one who does not breast feed much holds the higher changes of breast feeding. In one routine of breast feeding, one should breastfeed her child from one breast until the last drop of milk and then shift to the other. A mother should breastfeed her child until the child grows to 3 years old. If one follows this, the production of milk does not stop and the size of the breasts also gets maintained.
Post a Comment