Sex and Masculinity


महिला माथि शासन गर्ने हक राख्ने, परुषले चाहेको बेलामा महिलाले जति बेला पनि यौनसम्पर्क गर्न दिन तयार हुनु पर्ने तर महिलाले पनि चाहना गरेमा बाइफाले कहलाइनु पर्ने वा छाडा आइमाईको आरोप खेप्नु पर्ने मान्यता पुरुष प्रधान समाजको कारणले गर्दा यसको अर्थमा पनि भ्रमको विकास भयो । वास्तवमा पुरुषत्व भनेको पुरुषमा हुने गुणहरु र नारीत्व भन्नाले नारीमा हुने गुणहरु नै हो । त्यो यौन सम्बन्धसँग मात्र नभएर अन्य सामाजिक जीवनसँग पनि सम्बन्धित भएको हुन्छ । खास गरी दास युगको सुरुवातसँगै यो प्रबृत्तिको विकास भयो जसको काण विभिन्न धर्महरुमा पनि यसको प्रभाव परेको कारणले समाजमा यस किसिमका भ्रमले आजसम्म जरो गाडेको छ । संसारका सबै धमैग्रन्थहरुमा पुरुषको अधिनमा पहिलाहरुलाई राखिएको छ । यौनका विकृती जती महिलामाथि थोपर्ने काम पुरुष समाजले गरेको हुनाले यसलाई पुरुषार्थ भनिएको हो । परम्परागत बुझाइमा पुरुषत्व र नारीत्व अन्तर्गत यी कुराहरुलाई लिइन्छ ।

पुरुषत्व नारीत्व
बलवान / सुरवीर कमजोर / कोमल
 रिसाहा / जंगी सहनशील / सुशिला
घर बाहिरको काम गर्ने घर भित्रको काम गर्ने
 धेरै महिलासँग यौन सम्बन्ध कायम गर्ने आफ्नो श्रीमानसँग मात्र यौन सम्बन्ध राख्ने
 निर्णयकर्ता पुरुष प्रतिको निर्भरता आदि
 सम्पत्तिको हकवाला पुरुष भएसम्म सम्पत्तिमा हक नलाग्ने
 स्वतन्त्र र आत्मनिर्भर आदि पुरुषको निर्णयमा चल्न पर्ने आदि
यस्तै प्रकारका सोचहरुले गर्दा महिलाहरुको सामाजिक र आर्थिक स्थिति सुध्रिन सकेको छैन । आत्मनिर्भरता र आत्मविश्वासको कमीले गर्दा महिलाहरु पछाडि परिरहेका छन् । नारीको ठूलो गुणमा सहनशील नै पअिलो हुनु पर्छ भन्ने सोचले गर्दा हाम्रो समाजका अधिकांश महिलाहरु अनेकौ प्रकारको हिंसाको शिकार भइरहेका छन् । त्यसमा यौन हिंसा सबै भन्दा माथि छ ।
समाजमा पुरुषोत्वका आडम्बरी सोचाइले स्वयं पुरुषहरु पनि मारमा परेका छन् ।जस्तै परिवारको एकमात्र कमाउने सदस्य हुँदा, सिङ्गो परिवारकै बोझ पर्न जान्छ । धेरै स्वतन्त्रता र छुटको कारण पुरुषहरु गलत सङ्गत, रक्सी तथा लागुपदार्थ दुव्र्यसन, बेश्यावृत्ति आदिको चपेटामा परिरहेका छन् ।  पुरुषत्वकै कारणले पुरुषहरु आफ्ना भावनाहरु लुकाएर राख्छन् जसले गर्दा उनीहरुमा मानसिक समस्याहरु थपिइरहेको हुन्छ । आजको समयमा, जहाँ महिला पनि पुरुष जत्तिकै शिक्षित छन् र काम गर्छन्, यस्तोमा घरको काममा पुरुषले सघायो भने उसको पुरुषत्वमा आँच आउँछ भन्नु कुनै हालतमा न्याय हुदैन । महिलाको यौन चाहना प्रति पुरा गर्न नसकेको महशुस भएमा पुरुषले हिनता बोध गर्न पर्ने वा आफुले चाहेको बेलामा महिलाबाट यौन सम्बन्धको अस्वीकृति भयो भन्दैमा शंक ागर्ने वा जब्बरजस्ती सम्बन्ध राख्न बाध्य पार्ने जस्ता यौन अधिकारको हनन गर्ने काम यति बेला कदापी सुहाउँदेन । त्यस्तै महिला चाहिँ आफ्नो श्रीमानसँगमात्र यौन सम्बन्ध कायम राख्ने तर पुरुषले भने धेरै यौनसाथी बनायो भने उसको पुरुषत्व बढ्छ भन्ने भ्रमले अबको समाज त पहिलाको भन्दा पनि विग्रिन पुग्दछ । समाजमा द्वन्द्व झन बढेर जान थाल्दछ । एकछिन सोचौं त ! हाम्रो समाजमा पुरुषेत्वको दम्भले पुरुषकै साख जाँदैछ, समाजको विकासमा अप्रत्यक्ष रुपमा नकारात्मक असर पर्दै जानेछ विस्तारै विस्तारै । जबकि नारीपुरुष समविकास गरेका मुलुकहरुले हामीलाई सयौं बर्षको अन्तराल देखिने गरी उछिनिसके । अबको नयाँ पुस्ताले जिम्मेवार र मर्यादित यौन व्यवहा अपनाउनु आवश्यक भएको छ । परम्परागत पुरुषोत्वलाई पूर्णरुपमा त्याग्नु नै असल र एक मात्र विकल्प हुन सकदछ ।

Post a Comment

Post a Comment (0)

Previous Post Next Post