Can pregnancy be avoided by having unprotected sex during safe period?


परिवार नियोजनका साधन प्रयोग नगरी महिनावारी चक्रकाको समय मिलाएर योनसम्पर्क गर्दा गर्भ रहनबाट जोगिन सकिन्छ । तर, यस सम्बन्धमा धै¥यता अपनाउँनेले सक्छ । किनकि यौनसम्पर्कका लागि हाम्रो समाजमा यौन जोडी प्रति इमान्दार हुने र उचित समयको लागि धै¥यता अपनाउँने सायदै कम होलान, ती किशोरावस्था देखि बृद्धासम्म उस्तै हुृन्छन् ।
यसलाई क्यालेण्डर विधि भनिन्छ । महिनावारी चक्रको अवधिको विधि अपनाउँन बुझ्नु पर्ने कुरा केहो भने, सामान्यतः नियमित रुपमा महिनावारी हुने समय २८ दिनको अन्तरमा हुन्छ । त्यो २८ दिन पुग्नु भन्दा ७ दिन अघि र महिनावारी भएको दिनबाट ७ दिनसम्म र्याैन सम्पर्क भएमा गर्भ रहदैन । यसैलाई सुरक्षित काल भनिएको छ ।
तर, हमेशा याद राख्नु पर्ने कुरा के हो भने, सुरिक्षत काललाई ढुक्कसँग भर परियो भने कोहि बेला गर्भरहन जान पनि सक्छ । त्यसकारण धेरै नै भरपर्न हुँदैन किन कि कुनै बेला महिनावारी २५ दिनमा नै हुनेवाला रहेछ भने त पाठेघरमा डिम्ब बसीरहेको हुनसक्दछ, जसको कारण गर्भ रहन्छ । त्यो महिनावारी भएपछिको ७ दिनमा पनि उस्तै प्रभाव परेको हुनाले ७ दिन अगाडी नै डिम्ब निस्कासन भएको अवस्था रहेछ भने पनि गर्भ रहन्छ ।
महिनावारी चक्रको कुनै पनि समय सुरिक्षत हुदैन । प्रजनन उमेरकी महिला महिनावारी चक्रको कुनै पनि समयमा असुरक्षित यौन सम्पर्क भयो भने गर्भवती हुन सक्छिन् । सुरक्षित काल अथवा क्यालेण्डर विधि भरपर्दो नहुनुको अर्को कारण यो पनि हो की महिनावारी नियमित समयमा नभए डिम्ब निस्काषन को समय पनि नियमित हुदैन र डिम्ब निस्कासन हुने समय तोकेर भन्न सकिदैन र पाठेघर माथिको डिम्बनलीमा पुगेको शुक्रकिट ३ देखि ७ दिनसम्म पनि जिवित भएर बसेको हुनसक्दछ । धेरै जसो महिलाहरुको महिनावारी कम्तिमा २६ दिन र बढीमा ३२ दिनको अन्तरमा हुने अन्तरमा हुनेगर्दछ । यदियो भन्दा फरक परेमा स्वास्थ्य कर्मीसँग परामर्श गर्नुपर्दछ ।

Post a Comment

Post a Comment (0)

Previous Post Next Post