What causes Wet Dreams?

यसमा सपनाको केहि दोष हुँदैन र वास्तवमा यो दोष नै होइन । बरु स्वभाविक हो । शरीर विज्ञानको अनिवार्य नियम हो । किनकि विर्य प्रशस्त मात्रामा उत्पादन हुने रहेछ भन्ने संकेत हो । यसको अर्थ अर्को पनि के हो भने, स्वप्न दोष हुनु भनेको स्वस्थ रहेछु भन्ने विश्वास पनि हो । किनकि अस्वस्थ मानिसको स्वप्न दोष हुँदैन ।
मानिस निदाएको बेलामा यौन सम्पर्क गरेको सपना देख्न थाल्दछ । सपनामा रोमाञ्चित हुन्छ र मज्जाले स्खलित हुन्छ । पुरुष मात्र होइन महिलाई पनि त्यस्तै हुन्छ । व्युझँदा भित्री कट्टु भिजेको हुन्छ । पुरुषको त धेरैनै हिलो भएको हुन्छ । यसरी पुरुषको पलङ्गबाट विर्य स्खलन हुनु वा महिलाको योनीमा सामान्य यौनरस आएर चिप्लो हुनुलाई नै स्वप्न दोष भनिएको हो । यसलाई नाइट फल वा वेटड्रिम पनि भनिन्छ ।
स्वप्नदोष शरीरको विकास सँगै हुने प्राकृतिक प्रक्रिया  हो र यो किशोर अवस्थामा मात्र नभएर वयस्क अवस्थामा पनि हुने गर्दछ । केटाहरूमा भने किशोराअवस्था देखि नै नियमित बीर्य उत्पादन भैरहेको हुनाले लामो समयसम्म सम्भोग वा हस्तमैथुन नगरेको अवस्थामा स्वप्नदोष भई बीर्य बाहिर निस्कने गर्दछ । यसबाट केही हानीनोक्सानी भने हुँदैन तर स्वप्नदोष पछि यौन अङ्गको सरसफाई राम्रोसँग गर्नुपर्दछ ।
जब केटा मान्छे किशोरावस्थामा प्रवेश गर्छ, उसको यौनाङ्गहरू र खासगरी अण्डकोष, वीर्य थैली र प्रोस्टेट ग्रन्थिको विकास हुनथाल्छन् । यौनाङ्गहरूको विकाससँगै वीर्यको उत्पादन पनि हुन थाल्छ । अण्डकोषले शुक्रकीट उत्पादन गर्छ भने वीर्य थैली र प्रोस्टेड ग्रन्थिहरूले एकै प्रकारको सेतो पदार्थ उत्पादन गर्छन् त्यसलाई नै वीर्य भनिन्छ । उक्त वीर्यमा शरीर मै उत्पन्न हुने विभिन्न रसायनहरूको मिश्रण हुन्छ, जसले शुक्रकीटलाई पोषण गरिरहेका हुन्छ । प्रया वीर्य भन्नाले शुक्रकीट सहितको सम्पूर्ण सेतो पदार्थ भन्ने वुझिन्छ । यसरी उत्पादन हुने क्रममा वीर्य थैली भरिन थाल्दछ र उत्पादन नरोकिए पछि भरिएको वीर्य बाहिर निस्कन्छ, जसरी पिसावले भरिएको मूत्र थैलीबाट पिसाब बाहिर निस्कन दवाव सिर्जना हुन्छ । यस्तो प्रक्रियाबाट वीर्य बाहिर निस्कनुलाई स्खलन भएको भनिएको हो । प्रायः राती निदाएको बेला हुनेहुनाले त्यसलाई स्वप्नदोष भनिएको भएपनि कहिलेकाहीँ दिनमा पनि स्खलन् हुन्छ । जस्तै विपरित लिङ्गीय मानिससँग संगै बस्दा, नग्न फिल्म हेर्दा, यौन सम्पर्कको गहिरो कल्पनामा डुब्दा आदि ।
स्वप्नदोषको बेलामा यौन क्रियामा संलग्न भएको सपना देख्नु स्वाभाविकै हो । स्वप्नदोष सक्रिय यौनजीवनको एक सामान्य प्रक्रिया हो । कसै कसैलाई स्वप्नदोष हुँदैन, त्यो पनि असामान्य भने होइन । उसको पनि कुनै न कुनै प्रक्रियाबाट वीर्य स्खलन चाहिँ भैरहेको हुनसक्छ । समाजमा स्वप्न दोष सम्बन्धी व्यापक भ्रम छ । यो पनि कुनै किसिमको रोग हो, स्वप्न दोषले कम्जोर बनाउँछ, स्वप्न दोषले यौन दुर्वल्ता बढाउँछ, आदि । यस्तै गलत सूचनाहरु पाएका कारण स्वप्न दोष हुँदा अधिकांश युवाकिशोरकिशोरीहरु डराई रहेका हुन्छन् र कति पय त गम्भिर किसिमको मानसिक तनावमा परेका हुन्छन् । संसारमा आज सम्म कुनै पनि अनुसन्धानहरुले यसलाई रोगको रुपमा लिइको छैन र प्रमाणित पनि गरेको छैन । बरु स्वास्थ्य विज्ञानले चाहिं यो प्राकृतिक नियमको साधारण प्रक्रिया हो, वीर्य बाहिर निस्कनका लागि नै निर्माण भएको हुन्छ । तसर्थ यो कुनै प्रकारको रोग होइन र स्वप्नदोषले कमजोर पार्छ भन्नु भ्रम मात्रै हो । बरु यस्ता भ्रमहरुले मानसिक स्वास्थ्यमा असर पार्ने हुनाले उनिहरुका लागि यस्ता सूचना पाउँने वातावरण बनाई दिनु पर्दछ । परामर्शको आवश्यकता पर्दछ । विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको व्यवस्था गर्नु पर्दछ ।

What causes nocturnal emission or wet dreams?

Males, especially adolescents, experience ejaculation and adolescent females experience lubrication of vagina during sleep. This is called wet dream or nocturnal emission. Though the term ‘wet dream’ or ‘nightfall’ is commonly used to define nocturnal emission, the phenomena has nothing to do with dreams. Wet dream is the natural phenomena that results in ejaculation in males and lubrication of vagina during sleep among females following a spontaneous orgasm.
Nocturnal emission is not an illness but it is a compulsory process and law of human body. Nocturnal emission indicates that an individual has the capacity to produce enough sperm. This also indicates that an individual is healthy because an unhealthy individual does not experience nocturnal emission.
An individual dream of involving in sexual performance and due to this, they experience orgasm and as a result, nocturnal emission occurs. Both males and females experience nocturnal emission. If an individual experience nocturnal emission, s/he finds her inner wear getting wet after waking up.
With the onset of puberty growth, an individual experience this phenomena and is the natural demand. Not only adolescents, adults also experience nocturnal emission in the condition where s/he has not involved in sexual intercourse for a longer period of time. Nocturnal emission does not affect an individual’s health but cleaning his/her genitals after experiencing it is required.
Once an individual grows into adolescence, the development of male gonads (testicles), prostate glands and others starts to develop. Along with the growth of sexual organs, the production of semen also begins. While testicles produce sperms, seminal vesicles and prostate glands produce semen. Since the production of semen continues, the seminal vesicles get full. Since the production of semen continues even seminal vesicle is full, it tends to get out and oozes out. The ejaculation involved through this process is called nocturnal emission. Since this phenomenon normally occurs during sleep, it is called ‘wet dream’. This phenomena also occurs during day time, especially when an individual watches sexual activities in movies or fantasizes about sexual activities.
It is obvious to see sexual activities if s/he is experiencing wet dream and this is a normal process of sexual life. Some individuals do not experience this but some other do. The self ejaculation of semen of vaginal fluid also occurs among those who do not literally experience wet dream.
There are many misconceptions associated with wet dream. People take ‘wet dream’ as a kind of illness and believe that it kills energy stored in a body. People also believe that wet dream causes erectile dysfunction. Because of such misconceptions, many young people get into anxiety after experiencing wet dreams. Not a single research study has termed ‘wet dream’ as an illness. Thus, an effective education system is required to educate them about wet dream.

Post a Comment

Post a Comment (0)

Previous Post Next Post