What are Sexually Transmitted Infections?

किन यौन अङ्गहरुमा कहिलेकाहिं गन्हाउँने र चिलाउने गर्दछ ?
यौेन अङ्गहरुमा चिलाउनुको पछाडि विभिन्न कारण हुन सक्छन् । राम्रोसँग सफाइ नगर्नु एउटा प्रमुख कारण हो । चिलाउदा कन्याउने गर्दा पाछिएर रातो हुन्छ र सुन्निने गर्दछ । त्यसैले सर सफाइ गर्नु निकै जरुरी छ । कम्तीमा दिनको एकपल्ट साबुन पानीले यौन अङ्गहरु सफा गर्ने गर्नुपर्दछ । तर, धेरै नै चिलाउँछ भने तुरुन्त स्वास्थ्यकर्मी कहाँ जँचाउनु पर्दछ किनकी यो कुनै संक्रमणको लक्षण पनि हुन सक्दछ ।
के हो प्रजनन अङ्गको सङ्क्रमण ?
प्रजनन अङ्गहरूमा प्राकृतिक रूपमा धेरै प्रकारका जीवाणुहरू हुन्छन् । विभिन्न कारणले शरीरमा रोगसँग लड्नसक्ने शक्ति कम भएको बेलामा जीवाणुहरूको अत्यधिक वृद्धिभई हुने सङ्क्रमणलाई प्रजनन् अङ्गको सङ्क्रमण भनिन्छ । यी सङ्क्रमणहरू प्रजनन् अङ्गको सङ्क्रमण भएको व्यक्तिसँग असुरक्षित यौन सम्पर्क राख्दा सर्ने सम्भावना हुन्छ । त्यसैले यसलाई यौन संक्रमित रोग भनिएको हो । जस्तैः भिरिङ्गी, सुजाक, मुसा, लुतो आदि यसका उदाहरणहरू हुन् । यौन संक्रमण भएको बेला असुरक्षित यौन सम्मर्क गर्दा एचआईभी पनि सजिलैसँग सर्न सक्छ । कनिपय किसिमका यौन संक्रमण यौन सम्पर्क गर्दा मात्र सर्छ भन्ने छैन । जस्तै जुतो संक्रमित व्यक्तिसँग हात मिलाउँदा, संक्रमित व्यक्तिसँग सुत्दा, संक्रमित व्यक्तिले प्रयोग गरेको कपडा प्रयोग गर्दा आदि । तर, जुठो खाँदा एउटै चर्पीको प्रयोग गर्दा भने सर्दैन । एचआइभी भने असुरक्षित तरिकाले (कण्डमको सहि तरिकाले प्रयोग नगर्दा) यौन सम्पर्क नगर्दा मात्र सर्दछ । यस बाहेक यौन सम्पर्कका अनेकौ विधिहरु प्रयोग गर्नेहरु जस्तैः गुदद्वार मैथुन, मुख मैथुन, आदिबाट पनि सर्न सक्दछ । कुनैकुनै यौन रोगहरू रगत तथा निर्मलीकरण नगरिएका सिरिन्जबाट पनि सर्दछन् । यदि हात सफा छ भने हस्तमैथुनबाट मात्रै यौन रोग सर्दैन ।
उपचार गर्दा के के कुरामा ध्यान दिनुपर्छ ?
समाजमा चलेको हल्ला र अरु मानिसको हल्लाका भरमा जथाभावी उपचार गर्न थाल्दा प्रतिकुल असर परी ठूलो समस्यामा परिन सक्छ । किनकि यौनाङ्ग शरीरको अत्यान्तै सम्बेदनशिल अङ्गमा पर्दछ । त्यसैले स्वास्थ्यकर्मीले दिएको सल्लाह अनुसार नै उपचार गर्नुपर्दछ र दिइएको औषधि पूरा समयसम्म नियम पूर्वक प्रयो गर्नु पर्दछ । गर्नुपर्दछ । औषधिको प्रयोग पूरा समय नगर्दा रोग सुषुप्त अवस्थामा रहिरहेको हुन्छ र पछि फेरि बल्झिएर अरू बढी जटिलताहरू निम्त्याउँछ ।
यौनसंक्रण यसबाट कसरी बच्न सकिन्छ ?
यौन सङ्क्रमणबाट बच्ने धरै तरीकाहरू छन् । सानै उमेरमा यौनसम्पर्क नराख्ने किनभने उनीहरूमा यौन सम्पर्कलाई कसरी सुरक्षित बनाउने भन्ने नै थाह हुदैन र यौनाङ्गमा चोटपटक लागि संक्रमा हुन सक्दछ । हाम्रो समाजमा बाल विवाह गर्ने प्रचलन भएकोले महिलाहरू अझै धेरै जोखिममा छन् । यस्तो प्रचलन हटाउने अभियानमा लाग्नुपर्छ ।
यौन सम्पर्क श्रीमति वा अविवाहित भए र यौनसम्पर्क गर्न पर्ने अवस्था आएमा विश्वासिलो साथीसँग मात्र राख्नु पर्छ । सामान्यतया हाम्रो सामाजिक संरचनामा महिलाको भन्दा बढी पुरुषहरूको यौन व्यवहार जिम्मेवारपूर्ण नहुनाले गर्दा महिलाहरूले एकै जना साथीसँग यौन सम्पर्क राख्दा पनि जोखिममा परेका छन् ।
सुईको प्रयोग गर्नुपरेमा निर्मलीकरण गरेको वा डिस्पोजेबल सुईको प्रयोग गर्नुपर्दछ । रगत लिँदा सधै जाँच गरिएको रगत मात्र लिनुपर्दछ ।
एक जनाभन्दा बढी व्यक्तिसँग यौन सम्पर्क हुन्छ भने पनि कन्डमको सही तरीकाले प्रयोग गर्नेे र महिलाहरूमा पनि पुरुषलाई कन्डम प्रयोग गर्न प्रोत्साहन गर्ने क्षमताको विकास हुनु अति आवश्यक छ । परिवार नियोजनका अस्थायी साधनहरु कण्डम बाहेक सबैले यौन संक्रमणको रोकथाम गर्न सक्दैन किनकि तिनीहरु गर्भनिरोधको लागि मात्र बनाइएका हुन । कण्डमको सही प्रयोगले भने यौनसंक्रमणका साथै गर्भनिरोधको पनि काम गरिरहेको हुन्छ । कण्डम लगाएर यौन सम्पर्क गर्दा मज्जा आउँदैन भन्ने हल्लाको प्रभावले गर्दा यस प्रति भ्रम पैदा भएको छ । वास्तवमा अतिसामान्य रुपमा फरक परेको भएतापनि सधै कण्डम लगाउँने बानी भएपछि त्यसमा यौन आनन्दमा कुनै फरक पर्दैन ।

What are STIs?

What are Sexually Transmitted Infections? 
Sex organs are homes to various kinds of bacteria. If an individual has a weak immune system, the number of bacteria increases triggering the infection. Having unprotected sex with multiple sex partners is one of the main reasons behind this infection. This type of infection is called Sexually Transmitted Diseases or Sexually Transmitted Infections. It is also referred as venereal diseases such as syphilis, gonorrhea, and herpes among others. Having an unprotected sex with a partner diagnosed with these diseases also increases the chances of getting transmitted with HIV. Here, unprotected sex means having sexual intercourse without condom or involving in different sexual acts such as oral sex, anal sex, annilingus (an act where a partner stimulates the anus of his/her partner by their tongue, lips or teeth). Some of the STIs are transmitted also through improper blood transfusion or the use of unsterilized syringe. The way medium from which STIs will not be transmitted is masturbation, if an individual’s hands are clean.
What should be considered during treatment? 
One should not follow unauthorized recommendations because it can bring larger health complications in future. Sex organs are the most sensitive organs of human body so treatment should be done under the supervision of a doctor. One should consume a complete course of medicines recommended by the doctor.
How STIs can be prevented?
There are various ways for the prevention of STIs. One should avoid having sexual intercourse at an early age because at that age, people do not have enough knowledge about safe sexual behavior. If injuries occur then there are higher chances of getting infected with STIs. Since child marriage is prevalent in Nepalese culture, women are the most at risk population. Everyone should get involved in ending child marriages. An individual should have only one sexual partner. Since men are active than women in our society, women has higher risk even if she maintains only one sexual partner. Only sterilized syringe should be used. Condoms should be properly used. Women should encourage their sexual partners to use condoms

1 Comments

Post a Comment

Post a Comment

Previous Post Next Post